दुवै प्रहरी विधेयक संसदमा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

दुवै प्रहरी विधेयक संसदमा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

  • शनिबार, पुस २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक मन्त्रिपरिषदबाट स्वीकृत भएको छ। बैठकले विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको छ।

गृहमन्त्री लेखकका अनुसार मन्त्रिपरिषदको विधयेक समितिमा व्यापक छलफलपछि मन्त्रिपरिषदमा पेश गरिएको थियो। विधयेक पारितका लागि आगामी संघीय संसदमा पेस गरिने उनको भनाइ छ।

गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस गरेको थियो।

विधेयकमा ३० वर्षे सेवाहद हटाउने तथा तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधान छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ