देउवालाई माधव नेपालको प्रश्न, डडेलधुरामा विमानस्थल के कमिसन खान बनाउने हो ?

देउवालाई माधव नेपालको प्रश्न, डडेलधुरामा विमानस्थल के कमिसन खान बनाउने हो ?

  • बिहिबार, पुस २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

२५ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले डडेलधुरामा विमानस्थल किन चाहियो भन्दै देउवालाई प्रश्न गरेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले कमिसन खान पाइन्छ भनेर नचल्ने ठाउँमा पनि विमानस्थल निर्माण भइरहेको बताए ।

डडेलधुरा देउवाको गृह जिल्ला हो , जहाँबाट उनी पाँच पटक निर्वाचित भईसकेका छन् ।

‘जिल्लाको नाम भन्यो फेरि थाहा होला अरु कसैलाई, सुन्नुहोला, शेरबहादुरजीले । ए मेरो जिल्लामा पो आँखा गाड्नुभयो भन्नुहोला । त्यो चल्छ त्यहाँ विमानस्थल ? नेपालले प्रश्न गरे ।

अनावस्यक ठाँउमा विमानस्थल बनाउदा ठेक्का लाग्ने र कमिसन खान पाईने लोभमा योजनाहरु बन्ने गरेको उनको गुनासो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ