काठमाडौँ । नेकपा (एमाले) का काठमाडौँ जिल्ला समिति सदस्य पूर्णमान लामालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपमा पुस २२ मा उनलाई पक्राउ गरेर अनुसन्धान गरीरहेको छ ।
नाबालिका बलात्कार गरेको कसुरमा उनीमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
उनले आफै अध्यक्ष रहेको बिद्यालयमा अध्ययन गर्ने छात्रालाई बलात्कार गरेको आरोप छ ।
काठमाडौँको शंकरापुर नगरपालिका–१ घर भएका लामालाई पार्टीले निलम्बन गरेको छ । पक्राउ परेपछि नेकपा (एमाले) काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले विज्ञप्ति जारी गरेर उनलाई निलम्बन गरिएको जानकारी गराएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline