रवि लामिछाने सहितका प्रतिवादीका तर्फबाट आज पनि बहस हुने

रवि लामिछाने सहितका प्रतिवादीका तर्फबाट आज पनि बहस हुने

  • बुधबार, पुस २४, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

पुष २४ काठमाण्डौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कास्की अदालतमा दायर भएको मुद्दामा प्रतिवादीहरूको तफ्ृबाट आज पनि कानुन व्यवशायीले बहस गर्दैछन् ।

गत मंगलबारदेखि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा सात प्रतिवादीहरूलाई थुनामा पठाउने कि बाहिर बसेर मुद्दा लड्न दिने भन्नेबारेमा पक्ष विपक्षमा बहस भइरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, लिला पछाई, रामप्रसाद खनाल, मिना गुरूङ, आरती गुरूङ र कृष्णबहादुर गुरूङ मुद्दाका प्रतिवादी छन्।

सुरूमा सरकारी वकिल त्यसपछि जाहेरवाला सहकारी पीडिततर्फका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलहरूले बहस गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट मंगलबार बहस सकिएको छ। त्यसअघि पूर्वडिआइजी छविलाल जोशी र लिला पछाईंतर्फका वकिलहरूले पनि बहस गरिसकेका छन्।

रविका तर्फबाट सोमबार वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमण श्रेष्ठ र सुरेन्द्र थापाले बहस गरेका थिए।

त्यसअघि पूर्वडिआइजी छविलाल जोशी र लिला पछाईंतर्फबाट वकिलहरूले बहस गरेका थिए। जोशीको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए।

अब चार जना प्रतिवादीहरू कृष्णबहादुर गुरूङ, आरती गुरूङ, मिना गुरूङ र रामप्रसाद खनालका वकिलहरूले आजदेखि बहस गर्नेछन्।

सूर्यदर्शन सहकारी ठगीमा मुछिएका सहकारी संचालक लगायत व्यक्तिविरूद्ध सुरूमा दर्ता गरिएको मूल अभियोग, थप अभियोग र रवि लामिछाने जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ।

उनीहरूसँग १ अर्ब ५१ करोड बढी रकम बिगो माग गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ