सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाए नेकपा माओवादी केन्द्र आन्दोलनमा उत्रने भएको छ ।
केन्द्रीय समितिको बैठकले घिसिङलाई सरकारले पदबाट निकालेको खण्डमा आफूहरू तत्काल सरकारविरुद्ध सडक आन्दोलनमा निस्कने निर्णय गरेको हो ।
सोमबार मात्रै घिसिङलाई सरकारले ९ बुँदे स्पष्टीकरण सोधेको थियो । घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग स्पष्टीकरण सोधेको हो ।
कुलमान घिसिङ नेपालमा लोडसेडिङ हटाउने प्रमुख व्यत्तिः हुन् जसलाई तात्कालिन प्रधानमन्त्री प्रचण्डले विद्युत प्राधिकरणको नेतृत्वमा ल्याएको थियो ।
्कुलमान घिसिङले घाटामा रहेको नेपाल बिद्युत प्राधिकरणलाई नाफामा समेत लगेका कारण अहिले उनको प्रशंसा उच्च छ ।
उनलाई हटाउन वर्तमान सरकारले पटक पटक स्पष्टीकरण सोध्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline