काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक दोस्रो दिन अध्यक्ष ओलीको प्रतिवेदनमाथि सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ।
आइतबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पेश गरेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि च्यासलमा आज पनि छलफल जारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्रले जानकारी दिए ।
आइतबार सुदुरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशका केही केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन्। आजको बैठकमा लुम्बिनीका बाँकी केन्द्रीय सदस्य, गण्डकी,बागमती, मधेस र कोशी प्रदेशका केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नेछन्।
प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यहरूलाई समूहगतरुपमा विभाजन नगरी बैठकमा पालैपालो बोल्न दिइएको हो। केन्द्रीय सदस्यले ३ मिनेटभित्र प्रतिवेदन र राजनीतिक विषयमा बुँदागत रुपमा सुझाव र धारणा राख्नेछन्। यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेको थियो।