काठमाडौँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनमा शहरी क्षेत्रमा जनमत पार्टीको पक्षमा देखा नपर्नु गंभीर भनेका छन् ।
कीर्तिपुर जस्तो अपेक्षित ठाँउमा समेत मत घटेकोमा ओलीले चिन्ता गरेका थिए । एमालेको केन्द्रीय समितिको बैठकमा बोल्दै ओलीले पार्टीले उपनिर्वाचनमा निराशाजनक परिणाम नभए पनि अपेक्षा अनुसार भने नभएको र कीर्तिपुर, काठमाण्डौँ १६ जस्ता क्षेत्रमा मत घटेकोमा चिन्ता व्यक्त गरेका थिए ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गत मंसिर १६ मा सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसकेको स्वीकार गरेका हुन् ।
स्थानीय तहको उपनिर्वाचनमा एमालेले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र ५ वडाध्यक्षसहित ८ स्थानमा जित हासिल गरेको थियो । मंसिर १६ गते स्थानीय तहमा रिक्त ४२ स्थानमा उपनिर्वाचन भएको थियो ।
त्यस्तै एमाले अध्यक्ष ओलीले स्थानीय तह उपनिर्वाचन परिणामलाई लिएर माओवादी केन्द्रले भ्रामक सन्देश सम्प्रेषण गर्ने प्रयास गरेको बताएका छन्। माओवादीले लोकप्रिय मत ह्वात्तै बढेको भनेर प्रचार गरिरहेको पनि ओलीको भनाइ छ । ुमाओवादी केन्द्रले ८ बाट बढाएर ११ स्थानमा विजय हासिल गरेको सत्य हो, तर मत बढेको भनेर भ्रम फैलाईरहेको छ , उनले भने ।