विभिन्न संचार माध्यमहरुमा मेरो बारेमा आएको अपुरो अधुरो समाचार प्रति घोर भर्त्सना : मधेस प्रदेशका मन्त्री जैसवाल

विभिन्न संचार माध्यमहरुमा मेरो बारेमा आएको अपुरो अधुरो समाचार प्रति घोर भर्त्सना : मधेस प्रदेशका मन्त्री जैसवाल

  • आइतवार, पुस २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

बिरगंज २१ पौष । नेपाल पत्रकार महासंघको सभा हलमा आज मधेस प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रदिप जैसवालले केही पत्रकारहरुले आफू विरुद्ध भ्रामक तथ्यहिन समाचार लेखिएको भन्दै आपत्ति जनाउँदै अब आफू कानुनीको ढोका ढकढक्याउने बताएका छन् ।

सिध कुरा र केही पत्रकारले आफू मन्त्री जस्तो गरिमामय पदमा बसेको ब्यक्तिको चरित्र हत्या गर्ने र मानमर्दनमाथि आच ल्याउने काम भएकोले बाध्य भएर यो पत्रकार सम्मेलनमार्फत आफुले अपराधी भनेर समाचार लेखेकोमा घोर आपत्ति जनाए ।

मन्त्री जैसवालले भने जिल्ला अदालत र उच्च अदालत बाट समेत आफुलाई सफाइ पाएकाले म र मेरो भाइ माथि यस्तो काल्पनिक समाचार लेखेर कसैको चरित्र हत्या गर्ने काम नगर्न र आजबाट यस्ता गतिविधि कसैबाट नहोस् भनेर अपिल समेत गरेका छन् । अदालतले समेत सफाइ दिइसकेको अवस्थामा मलाई बदनाम गर्ने काम भएको छ त्यो सरासर गलत भएको मन्त्री जैसवालले सो पत्रकार सम्मेलनमा बताएका छन् ।

उनलेे भने केही गलत तत्वहरुले अदालतमा उजुरी दिएको र त्यहीँ तत्वहरुले तथ्यहिन समाचार लेख्न लगाएको हुन सक्ने बताएका हुन । गाउघरमा राम्रो छवि भएकोले स्वतन्त्र भएर पनि निर्वाचन जितेको र जनताको अपार मायाले निर्वाचित समेत भएको बताए ।

पार्टी प्रवेश कार्यक्रममा केही पत्रकारहरुलाई सहयोग खोजेको थियोे होला भनेर मन्त्री जैसवालले भने मैले त्यो २० -३० हजारको भिडमा सहयोग गर्ने कुरा भएन त्यसैले होल ममाथि यस्तो समाचार लेखेको भनेर समेत मन्त्री जैसवालले बताएका छन् ।उनलेे भने देशको प्रधानमन्त्री जस्तो ब्यक्ति केपी शर्मा ओलीको अगाडि एमालेमा हजारौं कार्यकर्ता प्रवेश गराउने काम भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ