माओवादी केन्द्रीय समितिको बैठक : केन्द्रदेखि प्रदेश सम्मका नेताहरुलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

माओवादी केन्द्रीय समितिको बैठक : केन्द्रदेखि प्रदेश सम्मका नेताहरुलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

  • आइतवार, पुस २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

नेकपा (माओवादी केन्द्र) का केन्द्रदेखि प्रदेशसम्मका नेताहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने निर्देशन दिईएको छ ।

आजदेखि काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले प्रस्तुत गरेको ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पस्आजको आवश्यकता’ शीर्षकको प्रतिवेदनमा केन्द्रदेखि प्रदेशसम्मका नेताहरूलाई सम्पत्ति विवरण बुझाउन भनिएको छ।

सम्पत्ति विवरण बुझाउन नेताहरूलाई फागुन १ गतेसम्मको समयसीमा पनि दिइएको छ।

ुआगामी फागुन १ भित्र माओवादीका केन्द्रदेखि प्रदेश तहसम्मका सवै नेता कार्यकर्ताले अनिवार्य सम्पत्ति विवरण र बाँच्ने आयस्रोतको विवरण पेश गर्नुपर्नेछ,ु प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ।

आगामी निर्वाचनमा माओवादीले कुनै दलसंग गठबन्धन नगर्ने, आफ्नै चुनाव चिन्ह र एजेण्डामा एक्लै चुनाव लड्ने पनि प्रतिवेदनमा उल्लेख छ।

नेताहरूको जीवनशैली बदलिएकोप्रति आम नागरिकमा निराशा छाएको भन्दै केन्द्रीय सदस्यहरूले आम्दानी र त्यसको स्रोत पारदर्शी बनाउनुपर्ने प्रस्तावमा उल्लेख छ।

माओवादीमा १० वर्षे सशस्त्र र २०६४ को संविधान सभा निर्वाचन अघिसम्म माओवादीका नेताहरूले आफ्नो सम्पत्ति विवरण पार्टीलाई बुझाउने गर्थे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ