काठमाडौँ । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले परित्याग गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध नरहेको बताएका हुन् ।
उनले लेखेका छन्– हजुरहरू मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु, कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन। म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु।
खनाल २०७९ मा एमाले प्रवेश गरेर काठमाण्डौँ ६ मा निर्वाचन लडेका थिए तर त्याहाँ पराजित भए ।
पछि फेरी तनहुँमा भएको उपनिर्वाचनमा पनि भाग लिएका थिए । त्याहाँ रास्वपाका स्वर्णिम वाग्लेसँग पराजित भएका थिए । त्यस बेला पार्टी भित्रकै सबै भोट नआएको उनले गुनासो गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline