नेपालमा गठबन्धनको विकृत अभ्यास भयो, लोकप्रिय मत पाउने पार्टीले पाँच बर्ष सरकार चलाउन पाउनु पर्छ : गगन थापा

नेपालमा गठबन्धनको विकृत अभ्यास भयो, लोकप्रिय मत पाउने पार्टीले पाँच बर्ष सरकार चलाउन पाउनु पर्छ : गगन थापा

  • शनिबार, पुस २०, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

२० पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावमा सबैभन्दा धेरै मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी संविधान संशोधन हुनु पर्ने बताएका छन् ।

नेपालमा गठबन्धनको विकृत अभ्यास धेरै भएको भन्दै अब संविधान शंसोधन गरेर पाँच वर्ष सम्म लोकप्रिय मत ल्याउने पार्टीले सरकार चलाउने व्यवस्था गर्नु पर्छ, पोखरामा गण्डकी प्रदेश स्तरीय कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले भने ।

स्थिर सरकार चलाउन अहिलेको निर्वाचन प्रणाली नै बाधक भएको भन्दै थापाले निर्वाचनमा लोकप्रिय मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताए ।

‘गठबन्धनको यति तीतो अनुभव हामीसँग रह्यो, गठबन्धनको यति विकृत अभ्यास हामीहरुका सन्दर्भमा भयो । चुनाव अगाडिका लागि मात्र होइन, चुनाव पछि पनि हेर्नुस् त यसबीचमा हामीले कतिवटा सरकार बदल्यौं ?’ पूर्वमन्त्री समेत रहेका थापाले भने, ‘सरकारमा बसेको प्रधानमन्त्रीले हरेक दश दिनमा यो सरकार बदलिन्न भन्नुपर्ने अवस्था छ । भाषण यो सरकार बदलिन्न भन्नेबाट सुरु हुन्छ ।’

‘

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ