काठमाडौँ । नेकपा माओवादी केन्द्रको शनिबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरूको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
बैठक दिउँसो २ बजे बस्ने भनिएकामा व्यस्तताका कारण भोली बिहान आठ बजे बस्ने गरी स्थगित गरिएको हो ।
यस्तै पार्टीको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजे स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा बस्ने ढकालले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline