स्वर्ण लक्ष्मी बहुउदेश्यीय सहकारीको अनुसन्धान सकियो, रवि लामिछाने सहित ३८ जना बिरुद्ध मुद्धा चलाउन सिफारीस

स्वर्ण लक्ष्मी बहुउदेश्यीय सहकारीको अनुसन्धान सकियो, रवि लामिछाने सहित ३८ जना बिरुद्ध मुद्धा चलाउन सिफारीस

  • बिहिबार, पुस १८, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं । कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३८ जनालाई प्रतिवादी कायम गरी प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ।

उनीहरूविरुद्ध सहकारी ठगी,सङ्गठित अपराधको कसूरमा सजाय हुनुपर्ने मागसहितको प्रतिवेदन बुझाएको प्रहरीले जनाएको छ।

बिहीबार उक्त मुद्दाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको जानकारी दिए। उनका अनुसार यसअघि ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्ने भनिए पनि ३८ जनालाई प्रतिवादी कायम गरी प्रतिवेदन बुझाएको हो।

प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको रायसहितको प्रतिवेदनमा रास्वपाका सभापति लामिछानेसहित ३८ जनालाई प्रतिवादी बनाइएको छ। उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावीसहितको प्रतिवेदन बुझाएको हो।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न लामिछानेसहित जीबी राई,पूर्वडीआईजी छविलाल जोशी,जीबीको साढुभाई दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहितका ३८ जनालाई ‍प्रतिवादी कायम गरेको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ