पुष १७ काठमाण्डौँ । नेकपा एमालेबाट निष्कासित नेता ढा. भीम रावलले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । उनले आज आफूमाथि ओलीले गरेको कार्बाहीको भण्डाफोर गर्ने र त्यसपछि मेचीमहाकाली चलाउने तयारी उनले गरेका हुन् ।
यसका लागि आज उनले दिँउसो १ बजे कार्की ब्याङक्वेट बबरमहलमा पत्रकार सम्मेन गर्दैछन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको खुलेर विरोध गर्दै आएका रावलले २०७८ सालमा चितवनमा आयोजित १० औं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए । उनी पराजित भएपछि एमालेले सल्लाहकार कमिटीमा राखेको थियो । तर उनले त्यो जिम्मेवारी बहन गरेका थिएनन् ।
पछिल्लोपटक गत दशैंमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउनका लागि जग्गा दानमा लिने पार्टीको निर्णयको उनले खुलेर विरोध गरेका थिए । त्यसपछि अनुशासन विपरीत गतिविधि गरेको भन्दै रावललाई एमालेले पार्टीबाटै हटाउने निर्णय गरेको थियो ।
उनलाई पुष १० गते एमालेबाट साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय ओलीले सचिवालयबाट गराएका थिए ।