काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित हुनुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर एवं कांग्रेस नेता पिएल सिंहको १३ औं पुन्यतिथिमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा देउवाले अग्रज नेताहरुले देश र जनतालाई केन्द्रमा राखेर गरेका अधुरो कामहरूलाई अघि बढाउनुपर्ने बताएका हुन्।
सभापति देउवाले स्वर्गीय पिएल सिंहले जनताको सेवाका लागि गरेका कामहरुको स्मरण गरे पिएल सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान दिएको भन्दै देउवाले उनको निधनले पार्टीलाई मात्रै नभइ देशलाई नै ठूलो क्षति भएको धारणा राखे।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline