लिपुलेकबारे भारत र चीनको सहमति प्राविधिक मात्र, नेपाललाई केही असर पर्दैन : सरकार

लिपुलेकबारे भारत र चीनको सहमति प्राविधिक मात्र, नेपाललाई केही असर पर्दैन : सरकार

  • बिहिबार, पुस ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौं । सरकारले भारत र चीनबीच भएको पछिल्लो सहमतिले नेपाललाई कुनै प्रभाव नपार्ने निष्कर्ष निकालेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निष्कर्ष निकालेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

हालै बेइजिङमा आयोजित एक कार्यक्रममा चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय सुरक्षा सल्लाहकार अजित डोभलबीच मानसरोवर यात्राको सुरुवात गर्ने विषयमा सहमति भएको थियो। भारतीय तीर्थालुहरू लिपुलेक हुँदै कैलाश यात्रा गर्ने सहमतिमा उल्लेख भएको बताइएको छ।

प्रवक्ता गुरुङले उक्त सहमति दुई देशबीचको प्राविधिक विषयमात्र भएको र यसले नेपालको स्वाधीनतामा आँच नपुर्‍याउने बताए। ुचिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय सुरक्षा सल्लाहकार अजित डोभलबीच लिपुलेखका विषयमा जुन सहमति भएको भनिएको छ। त्यसले हाम्रो स्वाधीनता, नेपालको नक्सामाथि प्रभाव पार्ने ढंगले गरिएको होइन। सहमतिमा उनीहरूबीचको प्राविधिक कुरा समेटिएका छन्। यस विषयमा क्याबिनेटमा पनि लामो छलफल भयो। हामीले चिन्ता लिन नपर्ने र त्यसले हाम्रो स्वाभिमानमाथि प्रश्न नउठ्ने ढंगले सम्झौता भएको हो। त्यसैले चिन्ता लिनुपर्ने निष्कर्ष निकालिएको हो,ु प्रवक्ता गुरुङले भने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ