पुष ११ काठमाण्डौँ । अगष्ट १८ २०२४ मा परराष्ट्रमन्त्रीको हैसियतमा भारत पुग्दा डा. आरजु देउवालाई भव्य स्वागत गर्रिएएको थियो । केही टिप्पणीकारहरुले प्रधानमन्त्री ओलीलाई निम्तो नदिएको भारतले आरजुलाई भव्य आतिथ्यता प्रदान गर्नुले गंभीर संकेत गरेको टिप्पणी गरेका थिए ।
तर यस पटक चीनबाट फर्किएपछि हेग, जर्मनी हुँदै उपचारको लागि भन्दै दिल्लीमा चार दिन विताएकी मन्त्री डा. आरजु राणालाई भारतले कुनै भाउ दिएन । उनको औपचारीक रुपमा कुनै पनि सरकारी अधिकारीसँग भेटवार्ता भएन । दुतावासका सामान्य कार्यक्रममा समय वित्यो ।
मुख्यतयाः यसै महिना प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउने गरी त्यो वातावरण बनाउन राणा भारतमा पुगेको स्रोतको दाबी छ ।
बरु नेपालको परराष्ट्रमन्त्री दिल्लीमा बसिरहेकै बेला नेपाली भूमि लिपुलेकको बाटो हुँदै कैलाश मानसरोबरको यात्राका लागि भारत र चीनबीच सम्झौताको वातावरण बन्दै गरेको देखिएको छ । दिल्ली र बेईजिङले नेपालसँग कुनै पनि जानकारी वा सल्लाह विना दुई देशबीच कैलाश मानसरोबारको यात्राका लागि सम्झौता गरेका छन् । भारतबाट कैलाश जान नेपाली भूभाग लिपुलेक बाहेक अर्को बाटो छैन ।
लिपुलेक नेपालको चुच्चे नक्सामा समावेश भएको भुभाग हो ।
दिल्लीमा बसिरहँदा मन्त्री राणाले कसै न कसै सरकारी अधिकारीलाई भेटेर प्रधानमन्त्रीको भ्रमणको वातावरण बनाउने चाहना राखेको द न्यू ईन्डियन एक्सप्रेसले समाचार लेखेको छ ।
काँग्रेस एमाले गठबन्धन बनेर सरकार बनेको ६ महिना वित्दा समेत ओलीले भारत भ्रमणको औपचारीक निम्तो पाएका छैनन् । यसबीचमा बरु उनले मंसीर १७ देखि २० सम्म चीनको भ्रमण गरीसकेका छन् ।
प्रधानमन्त्री ओलीले चीनबाट फर्किए लगत्तै अब भारतको पनि भ्रमण हुने बताएका थिए । तर त्यो वातावरण आरजुको पछिल्लो दौडधुपले पनि तय गर्न सकेन । यसलाई ओली सरकारप्रति भारतको व्यवहार अझै नरम भईनसकेको अर्थमा हेरिएको छ ।
यद्यपि, राणाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै देशको भ्रमण र भारतमा भएका कार्यक्रम उपलव्धिमुलक भएको बताईन् ।
आरजु राणा दिल्लीमा भएकै बेला एमाले नेता प्रदीप ज्ञवाली पनि पुगेका थिए । ज्ञवाली पार्टी निकट प्रवासी संगठनको सम्मेलनका लागि गएर तीन दिन पछि फर्किएका थिए । उनको पनि राजनीकि भेट भएन ।
एकातिर ओलीलाई महत्व नदिएको भारतले दुष्मनी रहेको चीनसँग सोझै कैलास मानसरोवरको यात्राका विषयमा लिपुलेकको बाटो खुला गर्ने सम्झौता गर्नुले नेपालको भुराजनीतिक संवेदनशीलता थप जटिल हुने देखिएको छ ।