भ्रष्टाचार बिरुद्ध अभियान चलाईरहेका भरत जंगम सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् ।
काठमाडौँको साई स्वागत सहकारीको रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन्। उनी उक्त सहकारीमा पूर्वअध्यक्ष हुन् भने रास्वपा सभापति रवि लामिछानेकी पत्नि निकिता पौडेल उक्त सहकारीमा उपाध्यक्ष थिइन्।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार पक्राउ परेको हो।
पीडितले उनीहरुविरुद्ध काठमाडौँ महानगरमा निवेदन दिएका थिए भने प्रहरीमा जाहेरी समेत दिएका थिए। काठमाडौं महानगरपालिकाले २०८० चैतमै निकिता जोडिएको उक्त सहकारीमा छापा मारेको थियो।
सहकारीले हाल नयाँ सञ्चालक समिति चयन गरेको छ भने जंगम उक्त संस्थाको पूर्वअध्यक्ष र निकिता पूर्वउपाध्यक्षका रुपमा रहेका छन्।
काठमाडौँ महानगरले ४० वटा सहकारीको अनुगमन गरेको थियो जसमध्य साई स्वागत सहकारी पनि एक हो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline