रवि लामिछाने बिरुद्ध आज कास्की अदालतमा आज मुद्धा दर्ता हुँदै

रवि लामिछाने बिरुद्ध आज कास्की अदालतमा आज मुद्धा दर्ता हुँदै

  • आइतवार, पुस ७, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

पोखरा पुष ७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिदैछ ।

सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा रवि लामिछानेविरूद्ध मुद्दा दर्ता भए पछि थुनछेक बहस शुरु हुनेछ ।

त्यसपछि अदालती बयान, कानुन व्यवशायीहरुको बहस पछि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने आदेश हुनेछ ।

कार्यालयले लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, जिबी राइका साझेदार रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐन अनुसार अभियोग पत्र आइतबार अदालतमा पेस गर्ने तयारी छ।

यसअघि शुक्रबार सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु ९जिबी० राईसहित १९ जनाविरूद्ध थप मुद्दा दायर गरेको थियो।

जिबी राईसहित उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरूद्ध मुद्दा दर्ता गरिएको छ। पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरूङविरूद्ध मुद्दा दर्ता भएको थियो।

यसअघि सरकारी वकिलको कार्यालयले उनीहरूलाई सहकारी ठगीको अभियोग मात्र लगाएर मुद्दा दायर गरेको थियो। शुक्रबार लगाइएको थप अभियोगमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार बिगो र सजाय माग गरिएको छ।

शुक्रबार दर्ता भएको मुद्दामा ऐन अनुसार उक्त कसुरमा जोडिएका सबै जनाबाट एकमुष्ट १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैया बिगो र ८ देखि १० वर्ष कैद सजाय मागदाबी गरिएको छ।

कास्की प्रहरीले पुस १ गते सोमबार सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ