वीरगन्ज । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाइै पोखराबाट पर्सा पुर्याईएको छ ।
सहकारी रकम हिनामिनाबारे अनुसन्धानका क्रममा लामिछानेलाई सोमबार पोखराबाट काठमाडौँ हुँदै वीरगन्ज ल्याइएको हो । उनीसँग भोलीबाट बयान शुरु गरिनेछ ।
जिल्ला सरकारी वकिलको कार्यालयसँग समन्वय गरी मंगलबार औपचारिक बयान लिइने पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।
लामिछानेलाई जिल्ला प्रहरी कार्यालयकै छुट्टै कोठामा सुत्ने व्यवस्था गरिएको छ । श्वास्थ्य अवस्था प्रतिकुल भएको र मानवअधिकारको क्षेत्रमा चासो बढेकाले उनलार्इै भिआईपी रुम उपलव्ध गराईएको बुझिएको छ ।
वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा सभापति लामिछानेको समेत संलग्नता देखिएपछि पर्सा प्रहरीले जिल्ला अदालतबाट लामिछानेविरुद्ध पक्राउ पुर्जीको माग गरेको थियो । सोही आधारमा पर्सा जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।