मंसीर २४ काठमाण्डौँ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेमाथि सरकारले गरेको व्यवहारको निन्दा गरेका छन्।
सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु। त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु,’ प्रचण्डले लेखेका छन्।
प्रचण्ड प्रधानमन्त्री रहेका बेला लामिछाने गृहमन्त्री थिए । उनलाई अस्वस्थ्य रहेको अवस्थामा मध्यराति चितवनबाट पोखरा लगिएको भन्दै चौतर्फी बिरोध भईरहेका बेला प्रचण्डले उनको पक्षमा सार्वजनिक धारणा व्यक्त गरेका हुन् ।
केही दिनअघि सहारा चितवन सहकारी ठगीमा लामिछानेको बयान सकेर राति नै पोखरा लगिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आपत्ति जनाएको थियो। त्यस क्रममा रविमाथि अमानवीय व्यवहार गरिएको र उनको मानव अधिकारको समेत हनन् भएको रास्वपाको भनाइ थियो।
रविपत्नी निकिताले यस विषयमा मानव अधिकार आयोगमा निवेदन दिएकी छन्।
