मेची नगरमा मानवसेवा आश्रमको उद्घाटन

मेची नगरमा मानवसेवा आश्रमको उद्घाटन

  • आइतवार, मंसिर २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका–४ आमडाँडास्थित मानवसेवा आश्रमको जिल्ला कार्यालय भवन उद्घाटन गरेका छन्। सोही क्रममा प्रधानमन्त्री ओली मानवसेवा स्मारक भवनको शिलान्यास समेत गरेका हुन्।

विभिन्न कार्यक्रममा सहभागी हुन् प्रधानमन्त्री ओली आज बिहान झापा आएका हुन्।

प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थल भद्रपुरमा नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए। विमानस्थलबाट मानव सेवा स्मारक भवन उद्घाटन जाने क्रममा रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएका थिए।

सोही क्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रास्वपाका क्षेत्र नम्बर ४ का सभापति शम्भु सुस्केरा रहेका छन् । गृहजिल्ला झापा भ्रमण आउन लागेका नेकपा ९एमाले०का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको सुरक्षा थ्रेटलाई मध्यनजर गरी व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । आजै दमक नगरपालिका–३ स्थित डेढ अर्बभन्दा बढी लागतमा नवनिर्मित बिजनेस भ्यू टावरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै भोलि पहिलो कार्यक्रम १० बजे बेलडाँगी खानेपानीको उद्घाटन, ११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा (स्कुलचौन) मा जग्गाधनी पुर्जा वितरण, दिउँसो १२स्३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्दै बिर्तामोड फर्किने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको सुरक्षाका लागि सशस्त्र प्रहरी,नेपाल प्रहरी,ट्राफिक प्रहरी,नेपाली सेना,राष्ट्रिय अनुसन्धान गरी १३ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानमन्त्री सवार भएर जाने सडक किनार, बजार क्षेत्रदेखि चोक–चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ