काँग्रेसको कोशी सम्मेलन आज , असन्तु्ष्ट शेखर कोईराला सहभागी नहुने

काँग्रेसको कोशी सम्मेलन आज , असन्तु्ष्ट शेखर कोईराला सहभागी नहुने

  • शनिबार, मंसिर २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

विराटनगर । नेपाली कांग्रेस कोशीको प्रथम सम्मेलन विराटनगरमा आज हुँदैछ । उक्त सम्मेलनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा लगायतका नेता विराटनगर आइसकेका छन् ।

विराटनगरमै हुन लागेको उक्त सम्मेलनमा कांग्रेस नेता डाक्टर शेखर कोइराला भने सहभागी नहुने भएका छन् । कोइराला आजै हुने चितवनको एक कार्यक्रममा सहभागी हुन गएका छन् । कोइराला निकट स्रोतका अनुसार प्रदेशको सम्मेलनमा अतिथिको बरियताक्रममा असन्तुष्टि जनाउँदै उनी कार्यक्रममा सहभागी नहुने भएका हुन् ।

उता, कोइराला समूहले यसअघि मंसिर १८ र १९ गते विराटनगरमा प्रदेश स्तरीय पालिका सभापतिहरूको प्रथम भेला सम्पन्न गरिसकेको छ । उक्त भेला रोक्न संस्थापन पक्षले गरेको प्रयास असफल भएको थियो । भेलामा कोशी प्रदेशका १३७ वटा पालिका सभापतिमध्ये ११३ जना सहभागी भएका थिए भने ६ वटा महानगरका सभापतिहरू पनि सहभागी भएका थिए ।

भेलाले विभिन्न चार बुँदे निर्णय गरेको छ । उक्त निर्णय आजै हुने प्रथम प्रदेश सम्मेलनमा सहभागी हुन आएका सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी छ ।

कोइराला पक्षको भेलाले मतदाताहरूको प्रतिनिधित्व, क्षेत्रीय प्रतिनिधित्वहरूको घनत्व, समुदाय स्तरमा पार्टीलाई जीवन्त र चुस्त दुरुस्त राख्नका लागि अधिकार सम्पन्न मर्यादित महानगरपालिका कार्यसमितिलाई सशक्त बनाई नगरवासीहरूको हितमा परिचालित हुने निर्णय गरेको छ ।

जसमा २०८० साल श्रावण १२ गते काठमाडौँमा सम्पन्न पहिलो बैठकबाट गरिएका ४ निर्णयहरू माथि पार्टीको उच्च तहको ध्यानाकर्षण गराउँदै कार्यान्वयनको लागि दबाब दिने, २०८१ भदौ २७ र २८ गते पोखरामा सम्पन्न दोस्रो बैठकबाट पारित वडा, गाउँ, नगर, उप–महानगर र महानगरस्तरीय कार्य समितिहरुलाई स्थानीय सरकारमा पार्टीका उम्मेदवार छनौट गर्न पाउने अधिकार सम्पन्न गराउन नेतृत्व वर्गको ध्यानाकर्षण गराउने, स्थानीय तहका कार्यसमितिहरू भद्दा र विधानअनुरूप बैठक सञ्चालन बोझिलो भएकोले प्रतिनिधित्व गराउने सङ्ख्या र पदहरूको संशोधन अपरिहार्य रहेको अवगत गराउने र कांग्रेसको विधानमा पार्टी प्रमुख सरकार प्रमुख भन्दा माथिल्लो तहमा राखिएकोमा स्थानीय तहमा पनि सोहीअनुरूपको व्यवस्था हुनुपर्ने र महानगर सभापतिहरूलाई आमन्त्रित सदस्यका रूपमा महाधिवेशनमा प्रतिनिधित्व गराउन पहल गर्ने निर्णय छ ।

उक्त निर्णयमा ६ वटा महानगरका कांग्रेस सभापतिहरूको हस्ताक्षर रहेको छ । जसमा निलकाजी शाक्य, काठमाडौँ, सुभाननरत्न धाख्या ललितपुर महानगर, सुरेन्द्रमान बिजुक्छे पोखरा, चित्रसेन अधिकारी भरतपुर, मणिन्द्र नेपाली वीरगञ्ज र दीपक चापागाईं विराटनगर छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ