अस्मिता र मुकुन्दले ल्याए जाऊ हिँड पोखरा ( भिडियो )

अस्मिता र मुकुन्दले ल्याए जाऊ हिँड पोखरा ( भिडियो )

  • शुक्रबार, मंसिर २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं । नयाँ रोमान्टिक डान्सिङ गीत ूजाऊ हिँड पोखराू सार्वजनिक भएको छ। पोखराको प्राकृतिक सुन्दरतालाई प्रेम र आकर्षणसँग जोडेर प्रस्तुत गरिएको यो गीतले श्रोता तथा दर्शकलाई नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

गीतमा गायक मुकुन्द त्रिपाठी र चर्चित गायिका अस्मिता अधिकारीको आवाज रहेको छ। गीतका शब्द र संगीत स्वयम् मुकुन्द त्रिपाठीले सिर्जना गरेका हुन्। गीतलाई राजु सुनामले एरेन्ज गरेका हुन् भने ओजोन स्टुडियोमा रेकर्ड गरिएको हो । बिनोद परियारले गीतको मिक्सिङ गरेका हुन्।

भिडियोमा गायक मुकुन्द त्रिपाठी, सरिता दनकुटी र अनुभव त्रिपाठीको अभिनय फिचर्ड छन्। सुबास सुबेदीको सिनेमाटोग्राफी, सुबास अम्गाईको सम्पादन तथा कलरिङ, र युमी बलामीको कोरियोग्राफीले भिडियोलाई अझै आकर्षक बनाएको छ।

दुर्गा न्यौपाने त्रिपाठी निर्मात्री रहेको यस गीतको भिडियोलाई मुकुन्द त्रिपाठीले निर्देशन गरेका हुन्। मुकुन्द त्रिपाठीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले श्रोता तथा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी