रवि लामिछानेमाथि प्रतिशोध साँधियो : बाबुराम भट्टराई

रवि लामिछानेमाथि प्रतिशोध साँधियो : बाबुराम भट्टराई

  • शुक्रबार, मंसिर २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई कास्की पुगेर भट्टराईले भेट गरेका हुन् ।

भेटपछि उनले लामिछानेमाथि राज्यले प्रतिशोन नै साधेको देखिएको उल्लेख गरे । उनले भने ुजुन किसिमले उहाँलाई एकपछि अर्को दुख दिने काम भएको छ, यो अल्लि अस्वाभाविक र अन्यायपूर्ण देखिन्छ । त्यसैले उहाँको अवस्थाबारे जानकारी लिऊँ भनेर भेटेको हो । उहाँले पनि आफूमाथि राजनीतिक प्रतिशोध नै भएको बताउनुभयो ।

सहकारीसँग सम्बन्धित समस्याको जारो धेरै फैलिएको पनि उनले बताए । सत्तारुढ दलकै नेताको वरिपरि सहकारीको रकम धेरै अपचलन भएको भन्दै उनले बचतकर्ताको समस्या समाधान पनि नगर्ने र नयाँ शक्तिहरूलाई पनि तर्साउने काम भएको उल्लेख गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी