प्रधानमन्त्री केपी शर्मा ओलीले १८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।
चीन भ्रमणबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले ‘के अब तपाईंको प्रधानमन्त्रीको कार्यकाल लम्बिएको हो भन्ने प्रश्नको जवाफमा ओलीले सत्ता हस्तान्तरणको समझदारीको प्रसंग उठाएका हुन्।
उनले भने, ‘यही प्रश्नको जवाफ मैले कतिपटक दिने रु करिब १८ महिना होला। मेरो पालो। त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ । चुनाव गराउनुहुन्छ । हाम्रो चुनावसम्मको एग्रिमेन्ट छ। हामी सबैले बहुमत ल्याउने कोसिस गरौँला । बहुमत आउँछ भन्ने हामीलाई विश्वास छ । हरेकलाई विश्वास छ, अब के गर्ने ?
उनले बिआरआईमा क्रृण सम्झौता नभएको दाबी गर्दै अहिले किन सारंगी बजिरहेको छ भन्दै प्रश्न समेत गरे ।