मोरङको ग्रामथानमा काँग्रेस एमालेको गढ भत्काउदै माओवादीका नमोनाराय बिजयी

मोरङको ग्रामथानमा काँग्रेस एमालेको गढ भत्काउदै माओवादीका नमोनाराय बिजयी

  • सोमवार, मंसिर १७, २०८१
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

मंसीर १७ विराटनगर । मोरङको ग्रामथान गाँउपालिकामा काँग्रेस एमालेको पुरानो गढ यस पटक माओवादीले भत्काएको छ । माओवादी केन्द्रका उम्मेद्धार नमोनारायण माझी फराकिलो अन्तरले अध्यक्षमा बिजयी भएका हुन् ।

माझी ६ हजार ९ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मत प्राप्त गरे ।

त्यस्तै तेस्रो स्थानमा रहेका तुलसी राम विश्वासले ४ हजार १ सय ५९ मत ल्याउँदा राप्रपाका दिनेशकुमार थन्दारले ५ सय ५५ मत ल्याए ।

त्यस्तै, समावेशी समाजवादी पार्टीका बोधनारायणी माझीले २३३, नेकपा एकीकृत समाजवादीका दिलबहादुर विश्वकर्माले १४४, स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी थारूले १३०, नागरिक उन्मुक्ति पार्टीका बुद्धिचन विश्वास थारुले ८९, जनता समाजवादी पार्टीका सुरेशकुमार राजवंशीले ४७, मंगोल नेशनल अर्गनाइजेसनका भरत राईले ४५, जनमत पार्टीका विनोद कुमार माझीले ४२, राप्रपा नेपालका राजु मुसहरले २७, नेपाल मजदुर किसान पार्टीका प्रशुराम विश्वास थारुले २६, जनता समाजवादी पार्टीका धर्मेन्द्रकुमार चौधरीले १८ र नेपाल समाजवादी पार्टीका रामुकुमार चौधरीले १५ मत पाए ।

२०७९ को स्थानीय तह निर्वाचनमा यस पालिकाको अध्यक्षमा कांग्रेस विजयी भएको थियो । कांग्रेसबाट निर्वाचित जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो ।

अध्यक्षमा निर्वाचित माझी यसअघि २०७४ को निर्वाचनमा वडा नम्वर १ को वडाध्यक्ष थिए । उनले त्यो बेला मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट चुनाव जितेका थिए । एक दशकभित्र तीन वटा दल फेरेका उनी पछिल्लो समय गत भदौमा माओवादी प्रवेश गरेका थिए । त्यसअघि उनी नेपाली कांग्रेसमा आवद्ध थिए ।

ग्रामथानमा पाँच वटा वडामा एमालेले जितेको छ भने काँग्रेसको चार तथा माओवादीको एक मात्र वडा छ ।

ग्रामथानमा अघिल्लो स्थानीय चुनावमा माओवादी तेस्रो स्थानमा थियो । तर यस पटक पूर्व मन्त्री एवं सो क्षेत्रका सांसद अमनलाल मोदीको रणनीति र सक्रियताले माओवादीलाई जिताउन सफल भएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ