काठमाण्डौँ मंसीर १७ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा काँग्रेसको रुसखलाई रवि रास्वपाको घण्टीले चोट दिएको छ । रास्वपाकी रोजिना श्रेष्ठले काँग्रेसले जितेको वडामा महत्वपूर्ण जित हात पारेकी हुन् ।
एक हजार पाँचसय ८४ मत ल्याएर श्रेष्ठ विजयी हुँदा कांग्रेसका देवेन्द्र पाठकले एक हजार ३०४ मत ल्याएका छन्। एमालेका लक्ष्मीरत्न तुलाधरले १ हजार २१८ पाएका छन्।
०७९ सालको निर्वाचनमा काठमाडौँ १६ मा कांग्रेसका मुकुन्द रिजाल ४ हजार १९ मत ल्याएर निर्वाचित भएका थिए।
त्यतिबेला लक्ष्मी रत्न तुलाधरले ३ हजार ३१० र एकीकृत समाजवादीका लक्ष्मण गमाल १ हजार ५८९ मत ल्याएका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline