माओवादीको बर्र्चस्व रहेको भनिएको कालिकोटमा नेमकिपाले जित्यो वडा अध्यक्ष

माओवादीको बर्र्चस्व रहेको भनिएको कालिकोटमा नेमकिपाले जित्यो वडा अध्यक्ष

  • सोमवार, मंसिर १७, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

१६ मंसिर, काठमाडौं । कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाहीले जितेका छन् ।

१४३ मत ल्याएर शाहीले वडाध्यक्ष जित्दा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका नैसोभा शाहीले ११५ मत ल्याइन् ।

०७९ मा वडाध्यक्ष जितेका परबहादुर शाहीकी पत्नी नैसोभालाई माओवादीले उम्मेदवार बनाएको थियो । कालिकोट माओवादीको बर्चस्व रहेको जिल्लामा पर्दछ । यसै जिल्लामा माओवादीले धेरै जसो स्थानीय तहमा जित हात पारेको छ ।

तर यस पटक माओवादीले अघिल्लो पटक जितेको वडा समेत जोगाउन असफल रहयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ