एमालेका पूर्व मन्त्री अधिकारीलाई पुनः पक्राउ गर्न माग गरिएको रिट सर्वोच्चले गरिदियो दरपिठ

एमालेका पूर्व मन्त्री अधिकारीलाई पुनः पक्राउ गर्न माग गरिएको रिट सर्वोच्चले गरिदियो दरपिठ

  • आइतवार, मंसिर १६, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

कोसी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई पुनः पक्राउ गरी मुद्दा चलाउनुपर्ने माग गरिएको रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न नमिल्ने निर्णय गरेको छ।

सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले कुनै पनि मुद्दा चल्ने वा नचल्ने विषयमा अन्तिम निर्णय गर्ने अधिकार सरकारी वकिलसँग सुरक्षित रहेकोले त्यसविरूद्ध अदालतमा रिट दर्ता गर्न नमिल्ने भनी आइतबार लिखित आदेश गरेका छन्।

रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले भने प्रवृत भावना राखी बिनाकुनै तर्कपूर्ण आधार प्रहरीद्वारा अनुसन्धानमा प्राप्त प्रमाणहरूलाई पूर्णरूपेण नजरअन्दाज गरी अधिकारीलाई उन्मुक्ति दिइएकाले त्यसविरूद्धको कानुनी लडाइँ जारी राख्ने बताएका छन्।

‘मुद्दा नचलाउने गरी जिल्ला सरकारी वकिल कार्यालयले गरेको निर्णय प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएकोले उक्त निर्णय बदर गरी लीलावल्लभ अधिकारीलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन र रजिस्ट्रारको आदेश पनि बदर गर्न माग गरी अर्को निवेदन पेस गर्ने त्रिपाठीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ