अमेरीका, अष्ट्रेलिया, जर्मनी र साउदी अरबका लागि नवनियुक्त राजदुतहरुले राष्ट्रपति समक्ष शपथ लिएका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त राजदूतहरूले शपथ लिएका हुन्।
अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी, जर्मनीका लागि राजदूत शैल रूपाखेती, साउदी अरेबियाका लागि राजदूत नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादवले राष्ट्रपति पौडेलसमक्ष शपथ लिएका हुन्।
मन्त्रिपरिषदको सिफारिसमा उनीहरूलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेका थिए।
राजदूतहरूको शपथ समारोहमा परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत उपस्थित थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline