बीआरआईमा २०१७ को एमओयुकै आधारमा नयाँ सम्झौता हुन्छः आरजु राणा

बीआरआईमा २०१७ को एमओयुकै आधारमा नयाँ सम्झौता हुन्छः आरजु राणा

  • शनिबार, मंसिर १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौँ मङ्सिर १५ गते । परराष्ट्रमन्त्री डा।आरजुराणा देउवाले बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआईमा भएको समझदारी अनुसार नै नयाँ सम्झौताहरू हुने बताइन् । चीन भ्रमणबाट फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री राणाले बीआरआईमा सन् २०१७ मा एमओयू भएको स्मरण गर्दै सोही सेरोफेरोमा रहेर सम्झौताहरू हुने बताएकी हुन् ।

‘मुख्यतः बीआरआईमा इन्टरकनेक्टिभिटीमा रहेर विकासका कामहरू अगाडि बढ्ने र इन्टरकनेक्टिभिटीका मोडेल कस्ता कस्ता हुने त्यसमा दुई दलको बिचमा सहमति भएको हो,’ उनले भनिन्, ‘तपाईँहरूलाई थाहै छ नेपाली काँग्रेसले सरकारमा सहभागी हुनुभन्दा अगाडि नै बीआरआई अन्तर्गत ऋण नलिँदा नै राम्रो हुन्छ भनेको यो कुरा सरकारका साझेदारलाई पनि थाह छ ।’

चीनका जारी रहेका पुराना आयोजना र नयाँ आयोजनाहरूलाई कसरी बीआरआई अन्तर्गत अगाडि बढाउने त्यसमा छलफल भएको बताउँदै उनले दोस्रो रिङरोड, हिल्सा सिमिकोट सडक, अरनिको राजमार्गलाई बीआरआई अन्तर्गत राखेर बनाउने चीनले पहिला नै घोषणा गरिसकेको बताइन् ।

टोखा छहरे सुरुङ मार्ग, सीमा नाकालगायतका आयोजना नयाँ ढङ्गले अगाडि बढाउने बताउँदै उनले यी सबै विषयमा दुई दलको बिचमा सहमति भइसकेको बताइन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री आरजु मङ्सिर १३ गते चीन भ्रमणमा गएकी थिइन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको मङ्सिर १७ गतेदेखि हुन लागेको चीन भ्रमणको तयारी र एजेन्डाको विषयमा छलफल गर्न उनी चीन पुगेकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ