देउवासँग भेट भएको छैन, कुरा भएको छैन , गगन थापाले झुट बोले : प्रचण्ड

देउवासँग भेट भएको छैन, कुरा भएको छैन , गगन थापाले झुट बोले : प्रचण्ड

  • शनिबार, मंसिर १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाण्डौँ मंसीर १५ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले कांग्रेस सभापति शेर बहादुर देउवालाई आफूले प्रत्यक्ष वा परोक्ष रुपमा कुनै पनि कुरा नगरेको र प्रधानमन्त्री बन्न अफर गरेको भन्ने गगन थापाको अभिव्यक्ति झुट्टो भएको बताएका छन् ।

शनिबार काठमाडौंमा कागेश्वरी मनोहरा–२ आलापोट पुगेका प्रचण्डले पत्रकारहरूसँग कुराकानीका क्रममा कांग्रेस महामन्त्री थापालाई आत्मसमीक्षा गर्न आग्रह गरेका हुन्।

अध्यक्ष प्रचण्डले गगन थापामा केही महिनामा आएको परिवर्तन र त्यतिसम्म झरेर हुँदै नभएको कुरा जनताका अगाडि बोलेको देख्दा दया लागेको पनि बताए।

ुकति छिटो कति तल झर्न सकेको हो। एउटा राम्रो सम्भावना बोकेको युवा नेता। यति छिटो यति अनैतिक र झुटो कुरा गर्न सक्ने हुनुभएको देख्दा उहाँप्रति साँच्चै नै दया लागेको छ, उनले भने।

कीर्तिपुरमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्डले हप्तामा एकपटक आफ्ना सभापति देउवालाई प्रधानमन्त्री बनिदिन खबर पठाउने गरेको अभिव्यक्ति दिएका थिए।

शनिबार प्रचण्डले गगन थापाको अभिव्यक्तिमा कुनै सत्यता नभएको बताए।

ुसतप्रतिशत झुटो कुरा हो। भनेको छैन बरू भन्दा पनि भन्दिनँ। मैले त भनिराखेको छु सरकारबाट बाहिर आएर जनतामा जाँदा नै हामीलाई सहज भइरहेको छ। सरकार तपाईहरू ०८४ सम्म चलाउनु भनेर पटक पटक भनेको छु, प्रचण्डले भने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ