बंगलादेशमा हिन्दु माथि दमनको विरोधमा बीरगंजका हिन्दुवादीहरुले पर्साका प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बंगलादेशमा हिन्दु माथि दमनको विरोधमा बीरगंजका हिन्दुवादीहरुले पर्साका प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  • शुक्रबार, मंसिर १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

बिरगंज १४ मंसिर । बीरगंजका हिन्दुवादी संघसंस्थाहरुले बांग्लादेशमा हिन्दुहरुको हत्या तथा दमन र हिन्दु गुरुहरुलाई जेल चलान गरेकोमा बीरगंजका हिन्दु संघसंगठनहरुले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश गणेश अर्याल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

इस्कोन सम्बंध सनातन जागरण का प्रवक्ता श्री चिन्मय कृष्ण दासको पक्राउ बांग्लादेशी हिन्दूहरू माथिको चरण दमन भन्र्दै हिन्दुवादी संस्थाहरुले ध्यानाकर्षण गराएका हुन् ।

यसरी बर्बर आक्रमण र हिन्दूहरू माथिको राज्य आतङ्क बन्द गर्न नेपाल सरकारले यस विषयमा कुटनैतिक विरोध गर्नुको लागि इस्कोन बीरगंजले अनुरोध गरेको हो ।

त्यसैगरी नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति पर्साले बंगलादेशमा आरक्षण व्यवस्थाको विरोधमा प्रदर्शन उग्र भए पश्चात त्यहा बसोवास गर्दै आएका अल्पसंख्यक हिन्दु समाज माथि निरन्तर रुपले बारम्बार भइरहेको आक्रमणका घटनाहरू प्रति विश्व हिन्दु महासंघको गम्भीर आपत्ति जनाएको छ।

“त्यस घटनाले हामी मर्माहत र निकै चिन्तित भएका छौं भनेर सो बिज्ञाप्ति माफत जानकारी गराउन चाहन्छौं ।२०८१ मङ्सिर ११ गतेका दिन ूबंगलादेशमा सम्मिलित सनातन जागरका प्रवक्ता हिन्दु धर्म गुरु श्री चिन्मय कृष्ण दासलाई धार्मिक कार्यक्रम आयोजना एवं अगुगाड़ गरेकै कारण बंगलादेश सरकारबाट देशद्रोह मुद्दा लगाइ जेल चलानमा हाम्रो गभिर आपत्ति रहेको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।यस्ता घटनाको विषयमा गम्भीर भई यथाशीघ्र धर्म गुरु श्री चिन्मय कृष्ण दासको रिहाइको हामी सम्माननिय प्रधानमन्त्री मार्फत बंगलादेश सरकार समक्ष नेपाल विश्व हिन्दु महासंघ जोडदार माग गर्दछौ ।” विज्ञप्तिमा भनिएको छ ।

सोही क्रममा पनि विश्व हिन्दू परिषद, नेपाल राष्ट्रिय कार्यालय, काठमाडौंले समेत आज प्रजिअ मार्फत प्रधानमन्त्रीलाई सो ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा बताए अनुसार हिन्दू धर्म ुबसुधैव कुटुम्बकमु अर्थात संसार एक परिवार हुन भन्ने मान्यतामा विश्वास गर्ने शान्तिप्रिय धर्म हो बताउदै हिन्दू धर्मले कहि कतै हिंसा, भेदभाव, कट्टरता जस्ता क्रियाकलापलाई मान्ने नहुने बताए।

बङ्गलादेशमा आरक्षण व्यवस्थाको विरोधमा प्रदर्शन उग्र भए पश्चात प्रधानमन्त्री शेख हसिनाले देश छाडे लगतै बङ्गलादेशी हिन्दूमाथि इस्लामिक जिहादी समूहहरु‌द्वारा बर्बरतापूर्ण आक्रमण शुरु गरिए पश्चात् हिन्दूहरुका रक्षाका लागि आवाज उठाउने सनातन जागरणका प्रवक्ता हिन्दु धर्म गुरु श्री चिन्मोय कृष्ण दासलाई धार्मिक कार्यक्रम आयोजना एवम अगुगाड़ गरेको कारण जेल चलान गरेको घटनाप्रति संसारभरका हिन्दुहरुले बिरोध गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ