‘सरकारले बजेट, नीति तथा कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्छ’

‘सरकारले बजेट, नीति तथा कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्छ’

  • शुक्रबार, मंसिर १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

मोरङ, १४ मङ्सिर : कोशी प्रदेशस्तरीय सत्तारुढ दुई दलीय संयन्त्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गराउन सरकार लाग्नुपर्ने सुझाव दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कोशी प्रदेश इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राईले संयन्त्रको आज बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै बजेट कार्यान्वयनमा रहेका बाधा अवरोध हटाउन सुझाव दिएको बताउनुभयो । उहाँले सुशासन, पारदर्शितासहित प्रदेश सरकारले विकास र समृद्धिका कामलाई तीव्र गतिमा बढाउन संयन्त्रले आवश्यक सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यस्तै, प्रदेश सरकार मातहत सञ्चालनमा रहेका बहुर्षीय र क्रमागत आयोजनालाई वर्गीकरण गरी समयमै सम्पन्न गर्न संयन्त्रले सुझाव दिएको छ । प्रदेशमा सञ्चालित ठूला आयोजनाको भुक्तानी समस्या समाधान गर्न सङ्घीय सरकारसँग संयन्त्र र प्रदेश सरकारले पहल गर्ने निर्णय भएको पनि त्यस अवसरमा जानकारी दिइयो ।

संयन्त्रको बैठकले प्रदेश सरकारका प्राथमिकतामा रहेको लगानी सम्मेलन, अन्तर्राष्ट्रिय चिया सम्मेलन, पर्यटन वर्ष २०८२ कार्यक्रम ऐतिहासिक र पहिलो भएकाले यसलाई निजी क्षेत्र र प्रदेशवासीले आफ्नो कार्यक्रम भएको अनुभूति गराउने गरी भव्य रूपमा सम्पन्न गराउन ध्यानाकर्षण गराएको छ ।

यसैगरी ताप्लेजुङमा निर्माण हुने पाथिभरा केवलकार निर्माण पक्ष र आन्दोलन पक्षसँग त्रिपक्षीय वार्ता गरी समस्या समाधान गर्न र पहिचानवादी आन्दोलनकारीसँग वार्ता गरी सम्वादमार्फत परिस्थितिलाई सामान्यतर्फ लैजान संयन्त्रले सुझाव दिइएको छ ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्तकुमार कार्कीले प्रदेशमा हुने लगानी सम्मेलनमा निजी क्षेत्र सहआयोजक भएकाले यसमा कुनै विवाद नरहेको र केही विवाद भए चाँडै समाधान हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका प्रदेश सभापति एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले पहिचानवादीको आन्दोलनलाई वार्ता एवं सम्वादबाट निकास दिइने धारणा राख्नुभयो ।

कोशी प्रदेशस्तरीय दुई दलीय संयन्त्रमा एमालेबाट इन्चार्ज एवं पूर्वमुख्यमन्त्री राई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सो पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडा, नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभापति एवं पूर्वमुख्यमन्त्री थापा, सो पार्टीका महामन्त्रीद्वय भूपेन्द्र राई र उमेश थापा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ