नेपालका प्रधानमन्त्री ओलीको भ्रमणको चीनद्धारा औपचारीक घोषणा

नेपालका प्रधानमन्त्री ओलीको भ्रमणको चीनद्धारा औपचारीक घोषणा

  • शुक्रबार, मंसिर १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ । चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ । त्यहाँस्थित विदेश मन्त्रालयका प्रवक्ता माओ निङलेले चीनका राज्य परिषद्का प्रधानमन्त्री लि कियाङको निमन्त्रणामा प्रधानमन्त्री ओली मङ्सिर १७ गतेदेखि २० गतेसम्म चीनको भ्रमणमा रहने जानकारी दिएकी हुन् ।

चीनका प्रधानमन्त्री लि छ्याङको निमन्त्रणमा त्यहाँ गइरहेका प्रधानमन्त्री ओलीको भेटघाट चीनका राष्ट्रपति सी चिन फिङसँग हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनका प्रधानमन्त्री कियाङसँग दुई पक्षीय वार्ता हुनुको साथै चीनको राष्ट्रिय जन काँग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि उनको भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्व विद्यालयमा मुख्य सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ