मोरङको ग्रामथान जितेर पूर्वबाट हसिया हथौडाको बिजयी सन्देश दिने योजनामा माओवादी

मोरङको ग्रामथान जितेर पूर्वबाट हसिया हथौडाको बिजयी सन्देश दिने योजनामा माओवादी

नेता कार्यकर्ता अहोरात्र मैदानमा

  • बिहिबार, मंसिर १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

विराटनगर । मोरङको ग्रामथान गाँउपालिका काँग्रेस र एमालेको बलियो प्रभाव क्षेत्र हो । यहाँ दुबै दलले पालै पालो पालिका प्रमुख जितिसकेका छन् ।

तर यस पटक यो रेसमा माओवादी थपिएको छ । ग्रामथान गाउँपालिका अध्यक्ष पदमा १६ उम्मेदवार छन् । यहाँ माओवादीबाट नमोनारायण माझी उम्मेदवार छन् भने कांग्रेसबाट बलराम सरदार थारु, एमालेबाट तुलसी राम विश्वास उम्मेदवार छन् ।

आक्रामक प्रचार र संघीय सांसद अमनलाल मोदीको बलियो प्रभावका कारण माओवादी केन्द्रका उम्मेदवार माझी उत्साहित छन् । कांग्रेस र एमाले चुनावी अभियानको क्रममा पनि माओवादीसँग आक्रोशित बन्न थालेका छन् ।

माओवादीले कतै विरासत तोडिदिने त होईन भन्ने चिन्ता उनीहरुमा देखिएको माओवादी चुनावी प्रचारमा खटिएका नेता कार्यकर्ताको बुझाई छ ।

चुनावी अभियानमा खटिरहेका माओवादी वैकल्पिक केन्द्रीय सदस्यले यस पटक ग्रामथान जितेर पूर्वबाट माओवादीले बिजयको सन्देश दिने संभावना बढेको बताउछन् ।

यो पालिकोको चुनावको केन्द्रमा उम्मेद्धार बाहेक केन्द्रमा कोही देखिएका छन् भने ती हुन् अमनलाल मोदी । उनी वर्तमान सो क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कान्छो सदस्यको रूपमा समानुपातिकबाट निर्वाचित मोदीको चर्चा त्यसबेलादेखि सुरु भयो, जब प्रतिपक्षमा रहेको माओवादीले बजेट प्रस्तुत गर्ने बेलामा ब्रिफकेस खोस्न सक्रिय थिए मोदी ।

२०७४ सालको वाम गठबन्धनको उम्मेदवार बन्दा अमनलाल मोदीले मोरङ क्षेत्र नम्बर ४ ९ग्रामथान गाउँपालिका पूरै, कटहरी, बेलबारी र विराटनगरका केही वडा रहेको क्षेत्र० बाट चुनाव जित्ने खासै चर्चा थिएन । किनकि उनी नेपाली कांग्रेसका बौद्धिक नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यसँग प्रतिस्पर्धामा थिए । धेरैले माओवादी हार्ने चर्चा गरिरहँदा मोदी भन्थे– ‘म ६ हजार मतले जित्छु ।’

निर्वाचनको अन्तिम नतिजा आउँदा मोदीले उनै आचार्यलाई ६ हजार ७२९ मतले पराजित गरे । मोदीको त्यही कार्यकालमा सांसद रहँदा उनले ग्रामथान–५ तेतरियाको गिधनीया बस्तीबाट विद्युत् प्राधिकरणले हाइटेन्सन लाइन लान लागेको विषयमा विरोध गरे । गाउँका स्थानीयको समर्थन गर्दै उनले कुलमान घिसिङसँग जुहारी पनि खेले । त्यसले पनि उनको चर्चा बढ्यो ।

२०७९ सालको निर्वाचनमा एमाले भर्सेस कांग्रेस–माओवादी गठबन्धन प्रतिस्पर्धामा थिए । त्यसबेला पनि उनै मोदी कांग्रेस र माओवादी दुई पार्टीको संयुक्त उम्मेदवार भए । त्यसबेला करोडौँ खर्च गरेका एमालेका उम्मेदवार विनोद ढकालको जित्ने सम्भावना बलियो देखिएको थियो । तर मोदीले आफ्ना समर्थकहरूलाई भन्थे, ‘६ हजार मतले जित्छु ।’

नभन्दै उनले ६ हजार २ सयभन्दा बढी मतले ढकाललाई हराए । निर्वाचनबाट विजयी भएपछि बनेको प्रचण्ड नेतृत्वको सरकारमा उनी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भए । मन्त्री पदमा हुँदा पनि उनी विवादमा आएनन् ।

झण्डै ११ महिना मन्त्री बनेका मोदी मन्त्री पदबाट बाहिरिए । पछि प्रचण्ड नेतृत्वको सरकार ढलेपछि बनेको कांग्रेस–एमाले गठबन्धनको सरकारले संसदीय समिति प्रयोग गरेर विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख कुलमान घिसिङलाई हटाउने प्रयास ग¥यो । मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलसँग समितिको बैठकमै नोकझोंक गरे । अर्थात् घिसिङको बचाउमा मोदी दह्रो उभिए । उनको चर्चा झनै चुलियो ।

झापा, मोरङ र सुनसरीमा मात्रै होइन मोदी देशभरको थारु समुदायमा एक उच्च तहको नेताको रूपमा चिनिन थालेका छन्।

ग्रामथानको उपनिर्वाचनमा मोदीले माओवादीका नमोनारायण माझीलाई मसक्कै दिलो ज्यान दिएर सहयोग गरीरहेका छन् । उनी सहित नेता कार्यकर्ता अहिले अहोरात्र मैदानमा खटिरहेको भेटिन्छ ।

उम्मेदवार नमोनारायण माझी विगतमा काँग्रेसी भए पनि उनले केही समय अगाडि पालिका अध्यक्ष तथा कर्मचारीहरूले सेवाग्राहीलाई दुःख दिएको भन्दै पालिका कार्यालय घेराउ गरेका थिए । त्यसबेला उनले पालिका अगाडि हुलहुज्जत गरेको, जनप्रतिनिधिलाई अपशब्द बोलेको भन्दै उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा पनि परेको थियो । त्यसले पनि उनी जनताको पक्षमा लड्छन् भन्ने प्रभाव छोड्न सफल भए ।

उम्मेदवार माझी आफैँ २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन लखन्तरी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा उनले लोकप्रिय मतका साथ फोरम लोकतान्त्रिकबाट ग्रामथान–१ बाट वडाध्यक्ष जितेका थिए ।

कांग्रेस, एमालेका उम्मेदवारको चुनावी कमाण्डर स्थानीय नेता भए पनि माओवादीका उम्मेदवार नमोनारायणका लागि संघीय सांसद अमनलाल मोदी नै अगाडि उपस्थित भइदिँदा अरु फिक्का भएका छन् । चोकबजारमा मोदीको लोकप्रियताले नमोनारायणलाई सहयोग भइरहेको छ । मोदी आफैँले पनि आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नुपर्ने भएको कारण प्रतिष्ठाको विषय बनाएका छन् ।

अहिले माओवादीलाई अर्को फाईदा के हो भने पार्टी भित्र अन्तरविरोध छैन । पुराना र निस्क्रिय नेता कार्यकर्ता पनि मैदानमा उत्रिएका छन् भने काँग्रेस एमाले भित्र टिकट वितरण देखि नै असन्तुष्टी देखिन्छ ।

पार्टीको संगठनात्मक अवस्था एमाले र काँग्रेस भन्दा कमजोर भए पनि सुसासनको नारा, सरकारमा हुँदा गरेका केही राम्रा काम , थारु समुदायको बाहुल्यता र त्यसमा मोदीको बलियो प्रभाव आदि कारणले ग्रामथान माओवादीले प्रतिस्पर्धी बनाएको छ । जसमा जीत हुन पनि सक्ने आकलन स्वतन्त्र पर्यवेक्षकहरुले पनि गर्न थालेको माओवादी नेताहरुको बुझाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ