चुनावमा सरकारी गाडीको दुरुपयोग गरेपछि एमाले सांसदले चढेको गाडी माआवादी र जसपाका कार्यकर्ताले नियन्त्रणमा लिए

चुनावमा सरकारी गाडीको दुरुपयोग गरेपछि एमाले सांसदले चढेको गाडी माआवादी र जसपाका कार्यकर्ताले नियन्त्रणमा लिए

  • बिहिबार, मंसिर १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

मंसीर १३ कपिलबस्तु । कपिलवस्तुमा एमाले सांसदले उपनिर्वाचनको प्रचारमा जाँदा सरकारी गाडीको दुरुपयोग गरेको भन्दै नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएका छन्।

शुद्दोधन गाउँपालिकाको १ मा उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भन्दै प्रदेश सांसद गिरिधारीलाल न्यौपानेसहित एमाले नेताहरु चढेको गाडी प्रहरीलाई बुझाएका हुन्।

अहिले उक्त गाडी इलाका प्रहरी कार्यालय पकडीमा राखिएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ। लुम्बिनी प्रदेशसको विषेशाधिकार समिति सभापति रहेका न्यौपानेले प्रयोग गर्ने बा १२९७ नम्बरको गाडीमा एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष झविलाल पोखरेल लगायतका नेता कार्यकर्ताहरु प्रचारमा गइरहेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ