प्रधानमन्त्री ओलीद्धारा चीन भ्रमणका लागि पूर्व प्रधानमन्त्रीहरुसँग परामर्श छलफल शुरु

प्रधानमन्त्री ओलीद्धारा चीन भ्रमणका लागि पूर्व प्रधानमन्त्रीहरुसँग परामर्श छलफल शुरु

  • सोमवार, मंसिर १०, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री÷पूर्व परराष्ट्रमन्त्रीहरुसँग सिंहदरबारमा छलफल सुरु भएको छ।
चीनको औपचारिक भ्रमणमा जानुअघि सुझाव लिन प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा बैठक बोलाएका थिए।

बैठकमा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी लगायत छन्। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भने छलफलमा देखिएका छैनन्।

त्यस्तै बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, पूर्व परराष्ट्रमन्त्रीहरू नारायणकाजी श्रेष्ठ, एनपी साउद, महेन्द्रबहादुृर पाण्डे, पूर्व रक्षामन्त्री ईश्वर पोखरेल लगाउतको पनि उपस्थिति छ।

प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि चीन भ्रमण गर्दैछन्।

चीनसँग बीआरआई सम्झौता कार्यन्वयन सम्झौतामा हस्ताक्षर गर्ने प्रधानमन्त्रीको प्रस्ताव रहे पनि काँग्रेसले उक्त विषयमा सहमति जनाएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ