एक सातापछि चीन भ्रमण गर्न लागेका प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्दै

एक सातापछि चीन भ्रमण गर्न लागेका प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्दै

  • सोमवार, मंसिर १०, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्वप्रधानमन्त्रीहरुसँग आसन्न चीन भ्रमणबारे छलफल गर्दै छन् । पूर्वप्रधानमन्त्रीहरुसँगै पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयकना उच्च अधिकारीहरुसँग छलफल गर्ने भएका हुन्।

भ्रमणका एजेण्डा, नेपालले चीनसँग उठाउनुपर्ने विषयवस्तु लगायतमा पूर्वप्रधानमन्त्रीहरुसँग राय माग्ने बताइएको छ । प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि चीन भ्रमणमा निस्कदै छन् ।

उनले १८ मंसीरमा चीनीया राष्ट्रपति सि जिन पिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

चीनसँग बिआरआई सम्झौता कार्यन्वयन गर्न हस्ताक्षर गर्ने प्रधानमन्त्रीको प्रस्ताव रहे पनि काँग्रेसले सहमति नजनाएका कारण यो बिषय टुंगो लाग्न सकेको छैन ।

काँग्रेसले चीनसँग अनुदान मात्र लिने रिण नलिने भन्दै बिआरआई कार्यन्वयनमा हस्ताक्षर गर्न मानिरहेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ