मंसीर ९ काठमाण्डौँ । सत्ताधारी एमालेले शुक्रबार दरबारमार्गमा प्रदर्शन गर्ने क्रममा सडक र सडक पेटी फोहोर पारेको भन्दै एक लाख रुपैया जरिवाना गरिएको पत्र एमाले केन्द्रीय कार्यलयमा पुगेपछि सो पार्टीका महासचिव शंकर पोखरेलले मेयर शाह बिरुद्ध गंभीर आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमा बालेन शाह एमाले बिरुद्ध परिचालित भन्दै स्टाटस लेखेका छन् ।
शुक्रबार दिउँसो एमालेले काठमाडौँको दरबारमार्गमा जागरण सभा गर्ने क्रममा फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्र काटेको थियो।
महानगरका नगर प्रहरी निरीक्षक लीलाराज गाछाले शुक्रबार साँझ एमाले केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै ‘फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको’ पत्र एमाले केन्द्रीय कार्यालयमा पठाएका थिए।
