समिर खरेल र बेनिशा पौडेलको स्वरमा रहेको मनछुने गीत ‘मनको तिर्सना’ सार्वजनिक भएको छ। सयौ हिट डान्सिङ्ग नम्बरमा अभिनय गरेकी प्रियंका कार्की र उस्तै हिट गीत दिएका सरोज ओलीले आफुलाई यो पटक क्यारेक्टरमा ढल्दै जिवन्त अभिनय भिडियोमा प्रस्तुत गरेका छन्।
साधारण जीवनयापन गरिरहेका दुई व्यक्तिको जीवनको कथालाई उतारेको भिडियोलाइ मानव सुवेदीले निर्देशन गरेका छन्। सरोज ओली स्वयमले शब्द रचना गरेको गीतमा दिपक शर्माले संगीत भरेका छन्।
उदयराज पौडेलको एरेन्ज रहेको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ मास्टरिङ रहेको छ। जगदीश न्यौपाने सहायक निर्देशक रहेको भिडियोलाई पवन सुस्लिङ्गले खिचेका छन् भने निर्देशक सुवेदीले नै सम्पादन गरेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline