एमाले र अहिलेको सरकारलाई कसैले हल्लाउन सक्दैन ; ओली

एमाले र अहिलेको सरकारलाई कसैले हल्लाउन सक्दैन ; ओली

  • शुक्रबार, मंसिर ७, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्ता सरकारलाई कसैले हल्लाउन नसक्ने दावी गरेका छन् ।

उनले सरकार, एमाले र सत्ता गठबन्धनलाई कसैले हल्लाउन नसक्ने जिकिर गरे ।

काठमाडौंको दरबारमार्गमा भएको एमालेको जनजागरण सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले वर्तमान सरकार देश र जनताको पहरेदारको रुपमा रहेको दाबी गरे ।

उनले एमाले र नेपाली कांग्रेस प्रतिस्पर्धी पार्टी भएपनि अहिले मुलुकका लागि एक ठाँउमा उभिएको बताए ।

एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी हुन् । तर कांग्रेस र एमाले किन एक ठाउँमा छन् किन भने अहिले हामीबीचको प्रतिस्पर्धाभन्दा एकता चाहिन्छ । अराजकताको स्थिति ल्याउन खोजिएको छ । समाजलाई भाँड्न खोजिएको छ । त्यसैले हामी मिलेका छौ । नेपाली जनताले ल्याएको लोकतन्त्र र सार्वभौम जनताको हैसियतविरुद्ध षड्यन्त्र भइरहेको छ ।

उनले आफु मंसीर १७ गतेदेखि चीन भ्रमणमा जान लागेको जानकारी दिए ।

चीन भ्रमणबारे अफबाह फैलाईएको भन्दै उनले आलोचना गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ