मंसीर ७ काठमाण्डौँ । अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्व गरीरहेका छन् ।
सडकमा सरकार विरुद्ध विभिन्न दल र शक्तिले प्रदर्शन गरीरहेका छन् ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको आलोचना तीव्र देखिन्छ ।
यही बेला करीब दुई तिहाईको सरकार चलाईरहेका ओलीकै योजनामा सडकमा शक्ति प्रदर्शन गरिदैछ ।
आज नारायणहिटी दरबार अगाडी जनजागरण सभा भन्दै एमालेले उपत्यका र आसपासका जिल्लाबाट कार्यकर्ता उतार्दैछ । नारायणहिटी अगाडी पुगेर सभामा परिणत हुनेछ ।
यो सभालाई प्रधानमन्त्री केपी ओली र महासचिव शंकर पोखरेलले संवोधन गर्नेछन् ।
ओली बिरुद्ध भईरहेका अराजक शक्तिहरुको प्रर्दनको प्रतिवाद गर्न र आफ्नो वास्तविक शक्ति देखाउन प्रदर्शन गर्न लागिएको एमाले नेताहरुको भनाई छ ।
सत्ताको साँचो हातमा लिएर जनताको काम गर्नु पर्ने शक्ति नै सडकमा उत्रिएकामा बुद्धिजीवीहरुले भने आलोचना गरेका छन् ।
आज शहीद गेटबाट र्याली शुरु भएर जमल हुँदै