राजनीतिक स्थायित्व र सुशासनका लागि नयाँ आन्दोलनको विकल्प छैन : अध्यक्ष दाहाल

राजनीतिक स्थायित्व र सुशासनका लागि नयाँ आन्दोलनको विकल्प छैन : अध्यक्ष दाहाल

  • शनिबार, मंसिर १, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ, १ मङ्सिर : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान निर्माणका बखत आफ्नो पार्टीले फरक मतका रूपमा दर्ज गरेका शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका लागि नयाँ आन्दोलन अघि बढाइने बताउनुभएको छ ।

माओवादी केन्द्र काभ्रे–काठमाडौँ सम्पर्क समन्वय समितिको चौथो भेला तथा प्रशिक्षणको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुक अब यथास्थितिमा चल्न नसक्ने भएकाले ती मुद्दा उठाउन पुनःआवश्यक भएकामा जोड दिनुभयो ।

“हामीले संविधान जारी हुँदा जे ‘नोट अफ डिसेन्ट’ लेखेका थियौँ, ती पूरा नहुँदासम्म देशमा राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिले गति नलिने विगतको अनुभवले देखाइसकेको छ,” अध्यक्ष दाहालले भन्नुभयो, “त्यसैले मैले नयाँ प्रतिबद्धताका साथ योपल्ट नयाँ आन्दोलनको सृष्टि गर्ने सङ्कल्प लिएको छु ।” उहाँले अब आफ्नो पार्टीको नेतृत्वमा हुने आत्मनिर्भर अर्थतन्त्रसहित नयाँ समाजवादी आन्दोलनमा साथ दिन सबैमा अपिल पनि गर्नुभयो ।

पार्टी छाडेर बाहिर बसेका पूर्वसहकर्मीलाई गोलबन्द गरी समाजवादी अभियान अघि बढाउन सकारात्मक पहल भइरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, “छिट्टै माओवादी धाराहरू एकताबद्ध हुनेछन् र शक्तिशाली माओवादी आन्दोलन फेरि सृष्टि हुने छ ।”

आफूले नेतृत्वले गरेको पहिलो सरकारले भौतिक पूर्वाधारका रुपमा मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण कोरिडोर निर्माणको थालनी गरेको, गरिब किसानको ऋण मिनाहा गरेको, दोस्रो कार्यकालमा मुलुकलाई लोडसेडिङबाट मुक्त गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले तेस्रो कार्यकालमा थालनी गरिएका सुशासनको अभियान अब निरन्तर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपालले सबै मित्र राष्ट्रसँग समदूरीको सम्बन्ध राखेर जान सक्नुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले नेतृत्वको पूर्ववर्ती सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा महत्त्वपूर्ण फड्को मारेको जिकिर गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी