माओवादीले उपनिर्वाचनमा गठबन्धन नगर्ने

माओवादीले उपनिर्वाचनमा गठबन्धन नगर्ने

  • सोमवार, कार्तिक २६, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ —माओवादीले आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आफ्ना उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको पदाधिकारी बैठकले प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसलाई अनुमोदन गरेको हो ।

यसअघि पदाधिकारी बैठकले उपनिर्वाचनका लागि सहकार्यको विकल्प खुला राखे पनि माओवादीले उपनिर्वाचनमा गठबन्धन नगर्ने जनाएको छ ।

माओवादीले मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष उम्मेदवारमा नामेनारायण माझी, काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा शिवशरण महर्जन, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा निमलेकी शेर्पा, रुकुमपूर्वको पुथा उत्तरगंगा उपाध्यक्षमा ज्ञानदेवी पुन, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा देवका लामिछाने र दैलेखको महाबु गाउँपालिका अध्यक्ष उम्मेदवारमा जंग बराललाई अनुमोदन गरेको छ ।

विभिन्न पालिकाका रिक्त ३४ वडाध्यक्षका उम्मेदवार पनि माओवादीले टुंगो लगाएको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा उपनिर्वाचनमा सफलता हासिल गर्न योजनाबद्ध कार्यक्रम बनाउने निर्णय भएको जानकारी दिए ।

माओवादीले पालिकाको चुनावी प्रचारमा केन्द्रीय पदाधिकारी पठाउने निर्णय गरेको छ । वडाको चुनाव प्रचारमा केन्द्रीय सदस्य सहभागी हुनेछन् । माओवादीले कात्तिक मसान्तसम्म उपनिर्वाचन हुनेलगायत सबै पालिकामा सम्मेलन गरिसक्ने निर्णय गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ