काठमाडौँ कार्तिक १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालुवाटार क्षेत्रमा प्रदर्शन सुरु गरेको छ । प्रदर्शन सुरु भएलगत्तै प्रहरीले केही नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।
उनका अनुसार बालुवाटारस्थित नेपाल हाउसको अगाडिबाट सांसद अशोककुमार चौधरीसमेत केही नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
त्यस्तै पक्राउ पर्नेहरूमा काठमाडौं जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, ताप्लेजुङ जिल्ला सभापति वीरेन्द्र कुमार श्रेष्ठसहित १७ जना छन् ।
लामिछानेलाई काठमाण्डौँबाट पक्राउ गरेर पोखरामा पुर्याएपछि उतै आन्दोलन गरेको रास्वपाले केही दिन पछि त्याहाँ छाडेर काठमाण्डौँमा आजबाट प्रदर्शन गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline