किड क्विन नेपाल २०२४ मा काठमाडौ भ्याली स्कुल, रानीवनकी सारिका सिटौला र भ्याली भ्यू स्कुल, मध्य बानेश्वरकी भ्याग्यश्री खड्का ९जुनियर० ले ३८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि चुमेका छन्।
उनीहरु प्रमुख उपधिका साथ तस्बिर मिस फोटोगेनिक उपउपाधी विजेता पनि भएका छन्। त्यसैगरी काठमाडौं भ्याली स्कुलकी जेशिका श्रेष्ठ र सभ्यता पाठ्शाला, रानीवनकि काभ्या शिवाकोटी ९जुनियर० फस्ट रनर्सअप तथा मेधा सेकेन्डरी स्कुल, भक्तपुरकी सृष्टी रञ्जितकार र हिमालय वल्द्रफ स्कुल, रानीवनकी अज्ना आचार्य ९जुनियर० सेकेन्ड रनर्सअपका साथै मिस पब्लिक च्वाइस सेकेन्ड रनर्सअप र एभरेस्ट किड्स स्कुलकि सुधिक्षा श्रेष्ठ ९जुनियर० थर्ड रनर्सअप चुनिएका छन्।
उपाधी चुमेबापत सिनीयर र जुनियर दबैतर्पmका बिजयीहरुले पुरस्कारस्वरुप क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपियाँ प्राप्त गरेका छन्।
वरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्व तथा बागमती प्रदेशका सभामुख भुबनकुमार पठकको प्रमुख आतिथ्यता, समाजसेवि सोबित उप्रेती र डा। बिमला शाक्यको विशेष आतिथ्यतामा सम्पन्न प्रतियोगितामा परी श्रेष्ठ मिस ट्यालेन्ट, शिभ्याना सिंह मिस ट्यालेन्ट फस्ट रनर्सअप, पलिस्था महर्जन मिस ट्यालेन्ट सेकेन्ड रनर्सअप, हृदयानी नगरकोटी र सफलता श्रेष्ठ सोसियल वेल्फर एम्बेसडर चिफ, सुमन महर्जन सोसियल वेल्फेयर एम्बेसडर फस्ट रनरर्सअप, हन्सिका महर्जन सोसियल वेल्फेयर एम्बेसडर सेकेन्ड रनर्सअप, सुधा तमाङ पब्लिक च्वाईस, जियाना रसाइली पब्लिक च्वाईस फस्ट रनर्सअप र मिस एलिगेन्ट, सोनिशा अधिकारी बेस्ट ड्रेस, रिन्चेन लामा बेस्ट ड्रेस फस्ट रनर्सअप, सोना गुरुङ वेष्ट ड्रेस सेकेन्ड रनर्सअप, युनिशा गोदार मिस डिसिप्लिन, सेरिना गुरुङ मिस डिसीप्लिन फस्ट रनर्सअप, सुवाना लोहनी मिस पर्सनालिटी, शृशा श्रेष्ठ मिस कल्चर, युनिका टेवा बेस्ट हेयर, रितु लोहनी बेस्ट स्किन, रचेल कटुवाल बेस्ट स्माइल, प्रान्जु श्रेष्ठ मिस चार्मिङ, सिचु महर्जन मिस क्याटवाक, नासिका ठकुरी मिस फ्रेन्डसिप, अनन्या खड्का मिस कन्फिडेन्ट, दिलशा अमात्य मिस कन्फिडेन्ट फस्ट रनर्सअप, सबिता केसी बेस्ट स्कलर, एन्जलिना नगरकोटि मिस स्पन्ट्यानियस, प्रान्शी अधिकारी मिस प्रोग्रेस्सिभ, रुमि शाही मिस क्युट र तिसा महर्जन मिस इनोसेन्ट उप उपाधि विजेता भएका छन्।
लायन्स क्लब डिस्ट्रिक ३२५ यल, पडिजि मणि श्री रत्न बज्राचार्य प्रमुख निर्णायक रहेको प्रतियोगितामा एसओ नेपालका अध्यक्ष डा। शिक्षिता श्रेष्ठ, हब ईन्टरनेशनल एजुकेसनका अध्यक्ष उधभ खड्का, व्युटिसियन मञ्जु कार्की पाण्डे, माँ बगलामुखी कन्जुमर को– ओपरेटिभ लिमिटेडका अध्यक्ष अधिवक्ता लक्ष्मण श्रेष्ठ, नमुना कलेज अफ फेसन टेक्नोलोजीका सह प्रधानाध्यापक जिबेश्वरलाल श्रेष्ठ, गायक प्रबेशमान शाक्य, गर्जियस इन्ष्टिच्युट अफ फेसन टेक्नोलाजीकी अध्यक्ष शोभा महर्जन निर्णायक रहेका थिए।
जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगिता मिस नेवा ः ११४३ सकिना महर्जन र सोसियल वेलफेयर एम्बेस्डर तिमिला महर्जनको कोरियोग्राफी मिस नेवाः ११४१ कृषा महर्जनको संयोजन र कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो।
आजको साना नानीहरु भोलिको परिवार समाज अनि देशको भबिस्य हो, त्यसैले उनीहरुलाई आजैदेखि जिम्मेवार बनाउन सिकाउनु पनि यस कार्यक्रमको उद्यश्यभित्र पर्छ आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको भनाई छ।