बिपक्षी दलका नेताहरु छानी छानी कार्बाही गर्दैछ सरकारले : माओवादी

बिपक्षी दलका नेताहरु छानी छानी कार्बाही गर्दैछ सरकारले : माओवादी

  • बिहिबार, कार्तिक ८, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले विपक्षी दलका नेताहरू केन्द्रित कारबाही गरिरहेको बताएका छन् ।

पेरिसडाँडामा बिहीबार भएको पत्रकार सम्मेलनमा उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको बेलामा कसैलाई पक्ष(विपक्ष नभनी कारबाही गरिएको भए पनि अहिलेको सरकार विपक्षी दलका नेताहरूलाई मात्रै लक्षित गरेर कारबाही गरिरहेको दाबी गरे।

विपक्षी नेताहरूलाई छानीछानी मुद्दा लगाउने र जेल हाल्ने काममा सरकारकेन्द्रित भएको उनको भनाइ छ।

‘यो सरकार र हाम्रो नेतृत्वमा बनेको सरकारको बीचमा के फरक छ भन्दा हाम्रो पार्टीले कानून र प्रमाणले भेटेसम्म जसलाई पनि कारबाही गरे हुन्छ भनेर दोषी कोही पनि नछुटुन् र निर्दोष कोही पनि नपरुन् भन्ने मान्यताका आधारमा कारबाही गरेको थियो,’ उनले भने, ‘अहिले तपाईंहरूले देख्नुभएको छ, अहिलेको सरकारले विपक्षी दलका नेताहरूलाई, विपक्षी दलका व्यक्तिहरूलाई छानीछानी मुद्दा लगाउने, जेल हाल्ने गरेको छ भने आफ्ना नेताहरूलाई जोगाइरहेको छ।’

कांग्रेस उपसभापति धनराज गुरूङ र एमाले नेता ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदा पनि सरकारले कारबाही नगरी संरक्षण गरिरहेको उनको भनाइ छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ