सरकार निरंकुश हुँदै गईरहेको छ : नारायणकाजी श्रेष्ठ

सरकार निरंकुश हुँदै गईरहेको छ : नारायणकाजी श्रेष्ठ

  • बुधबार, कार्तिक ७, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

विराटनगर । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकार निरंकुश हुँदै गइरहेको दाबी गरेका छन् ।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका श्रेष्ठले विराटनगर विमानस्थलमा बुधवार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वर्तमान दुई ठूला राजनीतिक दल सम्मिलित सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने प्रयास गरेर निरंकुशता प्रदर्शन गर्न खोजेको आरोप लगाए । दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोज्नु नै सरकार निरंकुशतातर्फ उन्मुख हुँदैछ भन्ने प्रमाण भएको उनको जिकिर छ ।

सरकारले निरंकुशता लादेर अन्य राजनीतिक पार्टीहरूलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप उनले लगाए । अहिलेको सरकारले देश र जनताको हितमा काम गर्न नसकेको श्रेष्ठको भनाइ छ ।

बाढी, पहिरोबाट पीडितहरूका लागि यो सरकारले राहत र पुनःस्थापाको काम प्रभवकारी ढंगले गर्न नसकेको भन्दै उनले जनताको पक्षमा उभिएर आफ्नो पार्टीले खबरदारी गरिरहेको बताए । विधि पुर्‍याएर निष्पक्ष अनुसन्धान गर्न पाउने अधिकार सरकारसँग भए पनि ‘इगो’ राखेर सहकारी ठगीका नाममा रवि लामिछानेलाई पक्राउ गरिएको उनको भनाइ छ ।

सहकारी ठगीमा प्रत्यक्ष संलग्न सत्तारुढ पार्टीहरुकै नेताहरुलाई चैं किन अनुसन्धान गरिएन ? ,’ प्रश्न गर्दै श्रेष्ठले भने, ‘अरुलाई कानुनको दायरामा किन ल्याइएन भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ । अहिले अनुसन्धान गर्ने कुरामा भेदभाव भइरहेको छ ।’

माओवादी नेता श्रेष्ठले ओली सरकारको एक सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै नभएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ